फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार

काठमाडौं । बलिउड कलाकार फिल्म चरित्रका कारण आलोचित बनेका छन् । आलोचित हुनेमा सबैभन्दा पछिल्लो पटक करीना कपूर रहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
उनले पौराणिक कथामा आधारित फिल्म ‘सीता’मा सीताको भूमिका निभाउने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘ब्वाइकटकरीनाखान’ ट्रेण्ड नै चल्यो । मुस्लिम मुलकी करीनाले हिन्दु धर्मकी आस्था सीताको चरित्र निर्वाह गर्न नमिल्ने ट्वीटर प्रयोगकर्ताको भनाइ थियो ।
उनको बारेमा प्रयोगकर्ताले ट्रोल र मिम्स बनाएर सामाजिक सञ्जालमा राखे । आमिर खानको फिल्म ‘पीके’मा एक व्यक्ति भगवान शंकर बनेर शहर घुम्छ र आमिर ती व्यक्तिको पछि–पछि दौडन्छन् । यो दृश्यलाई लिएर निकै विवाद भयो ।
आमिरले नै बनाएको ‘पीके’ फिल्मको विरोधमा धर्मगुरुहरुले आमिरलाई अदालतमा उभ्याउनुपर्ने माग राखेका थिए । अभिनेत्री तापसी पन्नू र भूमि पेडनेकर स्टारर फिल्म ‘साण्ड की आँख’ पनि विवादमा तानियो । फिल्ममा तापसी र भूमिले वृद्ध शार्प सुटर प्रकाशी तोमर र चन्द्रो तोमरको भूमिका निर्वाह गरेका थिए ।
यसअघि पनि फिल्म ‘आदिपुरुष’मा अभिनेता सैफ अली खान ‘रावण’को भूमिकामा देखिने हुँदा विवादमा छानिएका छन् । जसले ६० वर्षको उमेर पछाडि सुटिङको अभ्यास सुरु गरे र विश्वमा आफ्नो नाम कमाए । ट्रेलर सार्वजनिक भएपछि दुई अभिनेत्री ट्रोलको शिकार बने । ट्रोलरले यो भूमिका निभाउन तापसी र भूमिको उमेरले नपुग्ने दाबी गरेका थिए ।
शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’लाई दर्शकले निकै मनपराए । फिल्मले बक्सअफिसमा कमाईको नयाँ कीर्तिमान कायम गरेको थियो ।
तर विषयवस्तुका कारण फिल्मले निकै आलोचनाको सामना गर्नुपर्यो । फिल्ममा शाहिद कपूर धेरै एग्रेसिभ भएको आरोप लागेको थियो ।
















कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया