फिल्मी चरित्रका कारण आलोचित बनेका यी कलाकार

काठमाडौं । बलिउड कलाकार फिल्म चरित्रका कारण आलोचित बनेका छन् । आलोचित हुनेमा सबैभन्दा पछिल्लो पटक करीना कपूर रहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
उनले पौराणिक कथामा आधारित फिल्म ‘सीता’मा सीताको भूमिका निभाउने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘ब्वाइकटकरीनाखान’ ट्रेण्ड नै चल्यो । मुस्लिम मुलकी करीनाले हिन्दु धर्मकी आस्था सीताको चरित्र निर्वाह गर्न नमिल्ने ट्वीटर प्रयोगकर्ताको भनाइ थियो ।
उनको बारेमा प्रयोगकर्ताले ट्रोल र मिम्स बनाएर सामाजिक सञ्जालमा राखे । आमिर खानको फिल्म ‘पीके’मा एक व्यक्ति भगवान शंकर बनेर शहर घुम्छ र आमिर ती व्यक्तिको पछि–पछि दौडन्छन् । यो दृश्यलाई लिएर निकै विवाद भयो ।
आमिरले नै बनाएको ‘पीके’ फिल्मको विरोधमा धर्मगुरुहरुले आमिरलाई अदालतमा उभ्याउनुपर्ने माग राखेका थिए । अभिनेत्री तापसी पन्नू र भूमि पेडनेकर स्टारर फिल्म ‘साण्ड की आँख’ पनि विवादमा तानियो । फिल्ममा तापसी र भूमिले वृद्ध शार्प सुटर प्रकाशी तोमर र चन्द्रो तोमरको भूमिका निर्वाह गरेका थिए ।
यसअघि पनि फिल्म ‘आदिपुरुष’मा अभिनेता सैफ अली खान ‘रावण’को भूमिकामा देखिने हुँदा विवादमा छानिएका छन् । जसले ६० वर्षको उमेर पछाडि सुटिङको अभ्यास सुरु गरे र विश्वमा आफ्नो नाम कमाए । ट्रेलर सार्वजनिक भएपछि दुई अभिनेत्री ट्रोलको शिकार बने । ट्रोलरले यो भूमिका निभाउन तापसी र भूमिको उमेरले नपुग्ने दाबी गरेका थिए ।
शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’लाई दर्शकले निकै मनपराए । फिल्मले बक्सअफिसमा कमाईको नयाँ कीर्तिमान कायम गरेको थियो ।
तर विषयवस्तुका कारण फिल्मले निकै आलोचनाको सामना गर्नुपर्यो । फिल्ममा शाहिद कपूर धेरै एग्रेसिभ भएको आरोप लागेको थियो ।













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया