शुक्रबार, वैशाख ११, २०८३

ने.वि.संघले फाल्यो, प्रधानमन्त्रीको कुर्सी

मेरोन्यूज २०७८ जेठ ३१ गते १७:१५


काठमाडौं । नेपाल विद्यार्थी संघ ( ने.वि.संघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीको मोहमा लिप्त भएको भन्दै सांकेतिक कुर्सी फालेर प्रर्दशन गरेको छ । नोवेल ने.वि.संघको संयोजनमा सिनामंगलमा प्रमको सांकेतिक कुर्सी सडकमा फालेको विद्यार्थी नेता ई.भुवन भट्टले जानकारी दिए ।
नेता भट्टले भने, “बर्तमान सरकार र सरकारका मन्त्रीहरु जनता, राष्ट्रप्रति पुर्ण गैरजिम्मेवार भएका कारण हामीले प्रमको सांकेतिक कुर्सी सडकमा फालेर प्रर्दशन गर्न वाध्य भएका हौं ।”

Advertisement
NiccNicc

प्रदर्शनमा योगेश जोशिल,निर्दिप केसी ,राजभक्त यिङयाबङ,बिनोद शाही, कैलास रावत, युवराज तिमिल्सिना लगायत दर्जन विद्यार्थी नेताहरु उपस्थित थिए । संघका नेताहरुलाई कुर्सी सडकमा फाल्ने क्रममा प्रहरीले धरपकड गरेको थियो ।

प्रतिक्रिया