असार १ देखि बैंक तथा वित्तीयसंस्था पूर्ण रुपमा खुल्ने

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार १ गते भोलीदेखि बैंक तथा वित्तीय संस्थाले पूर्ण रुपमा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको सूचनामा बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज भएको उल्लेख गरेको छ । यसअघिको सो प्रवधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालय बाहेक उपत्यकाका ३ जिल्लामा ५ वटा शाखा बाटा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरिरहेका थिए ।
सीमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भिड बढ्न गएको हुँदा कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्यव गरी सञ्चालन गर्नु पर्नेछ । शाखा कार्यालयमा आवश्यकता अनुसार कर्मचारी उपस्थीति हुन सक्ने छन् भने, केन्द्रीय कार्यालयका हकमा भने एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्नु पर्नेछ ।
सूचनामा बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनिकरणको आवश्यक उपायहरु अबलम्वन गर्नुपर्ने भनिएको छ । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनुपर्ने छ ।
यस्तै राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्न समेत आग्रह गरेको छ । सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यालयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नुपर्नेछ ।











इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया