निवर्तमान मन्त्री आलेद्वारा उपचारमा आर्थिक सहयोग

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले १५ हजार उपचारका लागि प्रदान गरेका हुन् । हुम्लास्थित राससकर्मी दाने बोहरामार्फत राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खातामा उपचारकारका लागि उक्त रकम पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
ती बालक माटो खन्ने क्रममा यही जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए । केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार बोहराले जानकारी दिए ।
घाइते बालकका बुबाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कलेउनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको समाचार आएपछि नेकपा ९एमाले० का नेता आलेले उक्त रकम सहयोग गरेका हुन् । रासस










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया