निवर्तमान मन्त्री आलेद्वारा उपचारमा आर्थिक सहयोग

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले १५ हजार उपचारका लागि प्रदान गरेका हुन् । हुम्लास्थित राससकर्मी दाने बोहरामार्फत राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खातामा उपचारकारका लागि उक्त रकम पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
ती बालक माटो खन्ने क्रममा यही जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए । केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार बोहराले जानकारी दिए ।
घाइते बालकका बुबाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कलेउनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको समाचार आएपछि नेकपा ९एमाले० का नेता आलेले उक्त रकम सहयोग गरेका हुन् । रासस
















पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया