खाेप लगाउन छुटेका पत्रकारलाई छिट्टै व्यवस्था हुन्छ- सञ्चारमन्त्री थापा

काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औंल्याउन आग्रह गरेकी छिन् ।
मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन् । नेपाल पत्रकार महासङ्घको प्रतिनिधमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
पत्रकारको हकहित र मागका सम्बन्धमा सकारात्मक रहेको र महासङ्घसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नयाँ बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन बीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागू गर्ने बताइन् ।
सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरे ।
महासङ्घले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गरेको छ ।
त्यसैगरी पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको खाेप सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । देशभर झण्डै १ हजार पत्रकारमा कोरोना संक्रमण भएका छन् । हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया