नक्कली डीएसपी पक्राउ

काठमाडौं । आफूलाई प्रहरी नायब उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा एसके ढुंगानालाई पक्राउ गरेको हो ।
ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफू प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ढुंगानालाई तारकेश्वरस्थित भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । सो फार्मेसी उनले नै सञ्चालन गरेको खुलेको छ । तर, पक्राउ परेपछि उनले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । उनीसँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ढुंगानाविरुद्ध ठगी उद्योग र आफुले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया