नक्कली डीएसपी पक्राउ

काठमाडौं । आफूलाई प्रहरी नायब उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा एसके ढुंगानालाई पक्राउ गरेको हो ।
ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफू प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ढुंगानालाई तारकेश्वरस्थित भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । सो फार्मेसी उनले नै सञ्चालन गरेको खुलेको छ । तर, पक्राउ परेपछि उनले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । उनीसँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ढुंगानाविरुद्ध ठगी उद्योग र आफुले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया