आजको राशिफल : आषाढ १ गते मंगलबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १ गते मंगलबार, आज आषाढ सङ्क्रान्ति । ज्येष्ठ शुक्लपञ्चमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
व्यावसायिक तथा रोजगारीमा रहेकाहरुलाई समय सकारात्मक देखिन्छ । बोलीको प्रभाव बढ्न पुग्ने छ तर बाणिमा कडापना पनि उत्तिकै बढ्न जाने भएकाले यसबारेमा ध्यान दिनु होला । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने धेरै कमजोरी देखा पर्न जाने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जाने छ ।
वृष
परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । मेहनत र पराक्रमीपनामा मन दृढ हुने तर सो अनुसार शारीरिक उर्जा नहुँदा मेहनत र पराक्रममा असन्तुलन पैदा हुने छ । व्यक्तित्वमा दृढता आउने छ । तर सानो सानो विषयमा पनि कडाखाले रिस उठ्ने व्यक्तित्व हुने भएकाले यसबारेमा संयमित रहनु नै वाञ्छनीय हुने छ ।
मिथुन
भाग्यहिन अवस्था भएकाले कार्य उद्देश्यमा विभिन्न बाधाहरु सामना गर्नु पर्ने हुन्छ । पारिवारीक तनाव उत्पन्न हुन जाने छ । परिवारका सदस्यहरुबीच झगडा र द्वन्द आउने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाषको वातावरण पैदा हुने छ ।समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला ।
कर्कट
प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, योगाभ्यास, ध्यान आदी गर्नाले फाइदा मिल्ने छ । पेशागत जीवनमा उचार चढाव आउने छ । मानसिक सवलता हुने छ, आफुले सोचेको विषयमा संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक मजबुदी नहुने भएकाले मनोबलको अभाव हुने छ । शारीरिक शिथिलता देखा पर्ने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले सजिलै हेप्ने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ ।
सिंह
भाग्यको साथको अभावका कारण स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नु पर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले शान्तभावले पाइला चालेमा फाइदा मिल्ने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था रहने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवन औसत रहने भएता पनि आम्दानीमा भने केही बृद्धि हुन जाने छ । समय प्रतिकुल चलिरहेकाले धैर्य भएर कदम चाल्नु होला ।
कन्या
पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनु होला । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्ने छ । कमाई बढाउनका लागि अस्वाभाविक दबाब लिने समय नभएकाले जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्टि लिने गर्नु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले सतर्क रहनु पर्ने समय सक्रिय छ ।
तुला
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ ।
वृश्चिक
प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने हुँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहने भएकाले यसले ठुलो राहत प्रदान गर्ने छ । कमजोर मनोबल हुने छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनु होला । संयमित भएर पाईला चाल्नु पर्ने समय रहेको छ ।
धनु
धैर्य हुनु पर्ने समय रहेको छ । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । मनोबल कमजोर हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । यसको सन्तुलनका लागि नियमित रुपमा शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान जस्ता कार्य गर्नु भएमा लाभ मिल्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु होला ।
मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । यसले गर्दा जस्तो सुकै कठिन समयमा पनि संघर्ष गर्ने साहस आउने छ । जीवनसाथिको शारीरिक स्वास्थ्यमा आउने गडबढिले तनाव उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा उच्च रुपमा संयमित रहनु होला । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ ।
कुम्भ
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एक पछि अर्काे गरि देखा पर्ने छन् । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कमजोरी आउने हुँदा मनोबलमा गिरावट आउने छ । यसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराई दिने छ ।
मीन
व्यावसायिक तथा पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा हुने बृद्धिले केही भए पनि राहत प्रदान गर्ने छ । दुविधात्मक व्यक्तित्व बन्ने छ । भाग्यहिनताको महशुस हुने भएकाले कार्य असफलताको क्रम देखिने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएको धनका विषयमा द्वन्द देखा पर्नेछ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया