आजदेखि दुई महिना मेलम्चीको पानी उपत्यकामा नआउने (यस्तो छ नयाँ तालिका )

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको जानकारी दिए ।
“ पानी वितरण भएकै अवस्थामा सुरुङको मर्मत सम्भार गर्न सकिँदैन,” मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने,“पानी पठाएको केही दिनमै वा केही महिना मै परीक्षण गरिनुपर्ने थियो । तर, पानी पठाएको तीन महिनासम्म पनि सुरुङ परीक्षण गरिएको छैन् ।”
उनका अनुसार सुरुङ खालि गर्न करिब १५ दिन लाग्छ, त्यसपछि विज्ञहरुको टोलीद्वारा अनुसन्धान थालिनेछ । अनुसन्धानपछि आएका समस्याहरुलाई समाधान गरेपछि मात्र सुरुङमा पानी भरिने छ ।
गत चैत १५ गते केयुकेएलले एकसाथ चुच्चेपाटीको महाँकालको पानी ट्यांकीबाट उपत्यकामा पानी वितरण थालेको थियो । केयूकेएलले उद्घाटन लगतै भृकुटीमडपमा रहेका नयाँ धारामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया