आजबाट विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोभिड १९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो ।
यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने बताइएको छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।
कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिला गरी सन्चालन गर्ने निर्णय गरेको थियो । अघिल्ला वर्षहरुमा विद्यालयहरुको शैक्षिक सत्र वैशाखदेखि सुरु हुने गर्दथ्यो । तर यो वर्ष कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि नयाँ शैक्षिक भर्ना र पठनपाठन रोकिएको थियो।










महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया