मंगलबार, चैत १०, २०८२

खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई कांग्रेस सङ्गठन विभागको आग्रह

मेरोन्यूज २०७८ असार १ गते १०:५६

काठमाडौं । नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना संक्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

“तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार समयमै दोस्रो खोप उपलब्ध गराउने विश्वासिलो आधार सरकारले बनाउन सकेन”, उनले भने । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि ठानेको लकडाउनलाई समेत सरकारले आफ्नो सत्ता लम्ब्याउन प्रयोग गरेको उनको भनाई थियो ।

नेता श्रेष्ठले कोभिड–१९ को सङ्कटसँग जुध्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सबै राजनीतिक दलको रहेको बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य थाले पनि नयाँ सरकार बन्ने अवसर हुँदाहुँदै सरकारले संसद् विघटन गरेको उल्लेख गरे ।

पार्टीका पूर्वउपसभापतिसमेत रहनुभएकाश्रेष्ठले पार्टीको विधान र संविधानअनुसार आगामी भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म पार्टीकोे १४औँ महाधिवेशन हुने स्पष्ट पारे । महाधिवेशनको प्रस्तावित मितिबारे छलफल गरेर अन्तिम टुङ्गो लगाउन यही असार ३ गते बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न पनि सङ्गठन विभागले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया