बाढीले विद्युत गृह बगायो, बस्ती डुबानमा परेपछि स्थानीयबासी पहरामुनि

काठमाडौँ । केही दिनदेखि लगातार भएको वर्षासँगै आएको बाढीले मनाङमा विद्युतगृह र पुलहरू बगाएको छ । त्यस्तै, जिल्लाको नासों गाउँपालिका १ को तालगाउँ भन्ने स्थानको आधा बस्ती डुबानमा परेको छ ।
सोमबार साँझदेखि परेको वर्षाले चामे गाउँपालिका १ तिमाङ खोलाको बेलिब्रिज र सोही खोलामा निर्माण भएको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत गृह बगाएको छ । यसैगरी, सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएर क्षति पुर्याएको छ ।
स्थानीयबासीका अनुसार मस्र्याङ्दी नदीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा अहिले पहरामुनि बस्न बाध्य भएका छन् ।
यस्तै, गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ । ‘हामी म्यार्दीभिरको पहरामा आएर बसेका छौँ,’ एक स्थानीयबासीले भने । स्थानीयबासी वेदबहादुर गुरुङले आफूहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार घट्टे खोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा ४ वटा घर बगाएको छ ।
पानी परिरहेको र बाढी पहिरो आइरहेकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया