जसपा विवाद
उपेन्द्रले भने-निर्वाचन आयोगको निर्णय मान्य हुँदैन,कानुनी उपचार खोज्छौं

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले जसपासम्वन्धी विवादमा दिएको निर्णय मान्य नहुने बताएका छन् । आयोगले निश्पक्ष भएर निर्णय दिनुपर्नेमा त्यसो नगरेकोमा गम्भिर ध्यानाकषर्ण भएको भन्दै अध्यक्ष यादवले निर्वाचन आयोगले गरेको काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी राख्ने बताएका हुन् ।
उनले मंगलवबार वक्तब्य जारी गदै त्यस्तो बताएका हुन् । आयोगले महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले एकले अर्काेलाई गरेको अनुशासनको कारवाही विद्यामनसम्मत नदेखिएको भन्दै दुवै पक्षका कारवाहीलाई वैधानिकता दिन नसक्ने निर्णय लिएको थियो ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई गरेको अनुशासानको कारबाही र उपेन्द्र पक्षले ठाकुर पक्षलाई गरेको कारबाही राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्न नमिल्ने देखिएको भन्दै जसपाका दुवै अध्यक्षलाई आयोगले ३० जेृष्ठमा जानकारी गराएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरू ईश्वरी प्रसाद पौडेल, रामप्रसाद भण्डारी र डा जानकी कुमारी तुलाधारको आइतबार बसेको बैठकले जसपाको दुवै पक्षलाई बैधानिकता नदिने निर्णय लिएको थियो ।
आयोगले एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्कासनको कारबाही गरी अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानून सम्मत निर्णय हो भनी मान्न नमिल्ने भन्दै जसपाको दुवै पक्षको दावीलाई आधिकारिकता नदिएको हो ।
आयोगले आफनो निर्णयमा भनेको छ,–‘ उपेन्द्र यादवले महन्थ ठाकुर समेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको देखिन्छ। एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भन्न सकिएन । यसर्थ एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५५ बमोजिम विवरण अद्यावधिक गरि दिन भनी जानकारी गराएको विषयलाई कानू दलको विधान सम्मत मान्न मिलेन।’
आयोगको यस्तो निर्णयपछि अध्यक्ष यादवले आयोगले पूर्वाग्रहरहित ढंगले निर्णय गर्नुपर्नेमा एपक्षिय हित अनुरुप निर्णय गरेकोले निर्णय नमान्ने बताएका हुन् ।
जसपाको यादव पक्ष आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने तयारीमा छ । आयोागको निर्णय पछि यादव पक्ष अहिले कानुन ब्यवसायीहरुसँगको छलफलमा छ । जसपाको ५१ सदस्यीय कार्याकारिणी समितिमा उपेन्द्र यादव पक्षमा ३१ जना छन् ।
हेर्नुहोस उपेन्द्रको वक्तब्य















कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया