पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचार गर्न भारत लैजाने तयारी
मेरोन्यूज
२०७८ असार २ गते १०:२९

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई नयाँ दिल्ली लगिने भएको छ । उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि थप उपचारका लागि दिल्ली लगिने भएको हो ।
खनाललाई आज बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको हो । उनको थप उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ ।
ज्वरो आउनुका साथै र रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि उनलाई गत सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भई लामो समय नर्भिक अस्पतालमा नै उपचार गरी उनी घर फर्किएका थिए ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया