बाढीका कारण मनाङमा बस्ती नै सम्पर्कविहिन

काठमाडौं । बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । मनाङ सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको जानकारी दिईन् ।
मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ,” उनलेभने,“भौतिक क्षति भएको छ तर मानविय क्षति भने भएको छैन् ।”
बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको उनले जानकारी दिईन् । ताल गाउँमा ३० घर, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको उनले जानकारी दिईन् ।
निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।
‘काठमाडौंबाट हेलिकप्टर आउन केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘तर, पानी रोकिने सुरसार छैन । ठूलो पानी परेकै कारण हेली आउन सकेको छैन । हामी त्यसैको प्रतीक्षामा छौं ।’
‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी रहेको उनको भनाई छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया