बाढीका कारण मनाङमा बस्ती नै सम्पर्कविहिन

काठमाडौं । बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । मनाङ सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको जानकारी दिईन् ।
मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ,” उनलेभने,“भौतिक क्षति भएको छ तर मानविय क्षति भने भएको छैन् ।”
बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको उनले जानकारी दिईन् । ताल गाउँमा ३० घर, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको उनले जानकारी दिईन् ।
निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।
‘काठमाडौंबाट हेलिकप्टर आउन केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘तर, पानी रोकिने सुरसार छैन । ठूलो पानी परेकै कारण हेली आउन सकेको छैन । हामी त्यसैको प्रतीक्षामा छौं ।’
‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी रहेको उनको भनाई छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया