राप्ती नदीको बीचमा फसेका चार जनाको उद्धार

दाङ । अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका चारजनालाई आज बिहान सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिए ।
जिल्ला आपत्कालीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गए राति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए । पन्ध्र वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ ।
सशस्त्र प्रहरी २९ नं गण भालुवाङ्का सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया