युरोकपमा आज कुन कुन टिम भिड्दै छन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज (बिहीबार) साँझ ६:४५ बजेदेखि तीन खेलहरु हुँदैछन् । युरोकपको अन्तर्गत आज समूह सीको दुई खेल र समूह बीको एक खेल हुने छन् ।
आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।
युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ । आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह बी बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ भने पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । एजेन्सी


















बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया