कोरोनाबाट कुन देशमा कति संक्रमित र कतिको मृत्यु ?

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ९८ हजार ५११ संक्रमित भएका छन भने छ लाख ६८० को मृत्यु भएको छ । यस्तै भारतमा दुई करोड ९७ लाख ३१३ संक्रमित भएका छन भने तीन लाख ८१ हजार ९०३ को मृत्यु भएको छ ।
ब्राजिलमा एक करोड ७६ लाख २८ हजार ५८८ संक्रमित भएकाछन् भने चार लाख ९३ हजार ६९३ को मृत्यु भएको छ । फ्रान्स ५८ लाख ९ हजार ३१९ संक्रमित भएका छन् भने एक लाख १० हजार ७४० को मृत्यु भएको छ । टर्कीमा ५३ लाख ४८ हजार २४९ मा संक्रमत भएका छन् भने ४८ हजार ९५० को मृत्यु भएको छ ।
यस्तै रुसको संक्रमित संख्या ५१ लाख ८९ हजार २६० छ भने एक लाख २५ हजार ४४३ मृतकको संख्या रहेको छ । बेलायतको संक्रमित संख्या ४६ लाख ५०० हजार ८०५ छ भने एक लाख २८ हजार १९० मृतकको संख्या रहेको छ । यस्तै, इटालीमा ४२ लाख ४८ हजार ४३२ संक्रमित संख्या छ भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार १५३ रहेको छ ।
अर्जेन्टिनाको संक्रमित संख्या ४१ लाख ९८ हजार ६२० रहेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार २६१ रहेको छ । यस्तै, कोलम्बियामा ३८ लाख २९ हजार ९८९ रहेका छन् भने ९७ हजार ५६० मृत्यु हुनेको संख्या रहेको छ । रासस
उक्त विवरण कोरोना शुरु भएयता हालसम्मको हो ।
प्रतिक्रिया