कोरोनाबाट कुन देशमा कति संक्रमित र कतिको मृत्यु ?

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ९८ हजार ५११ संक्रमित भएका छन भने छ लाख ६८० को मृत्यु भएको छ । यस्तै भारतमा दुई करोड ९७ लाख ३१३ संक्रमित भएका छन भने तीन लाख ८१ हजार ९०३ को मृत्यु भएको छ ।
ब्राजिलमा एक करोड ७६ लाख २८ हजार ५८८ संक्रमित भएकाछन् भने चार लाख ९३ हजार ६९३ को मृत्यु भएको छ । फ्रान्स ५८ लाख ९ हजार ३१९ संक्रमित भएका छन् भने एक लाख १० हजार ७४० को मृत्यु भएको छ । टर्कीमा ५३ लाख ४८ हजार २४९ मा संक्रमत भएका छन् भने ४८ हजार ९५० को मृत्यु भएको छ ।
यस्तै रुसको संक्रमित संख्या ५१ लाख ८९ हजार २६० छ भने एक लाख २५ हजार ४४३ मृतकको संख्या रहेको छ । बेलायतको संक्रमित संख्या ४६ लाख ५०० हजार ८०५ छ भने एक लाख २८ हजार १९० मृतकको संख्या रहेको छ । यस्तै, इटालीमा ४२ लाख ४८ हजार ४३२ संक्रमित संख्या छ भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार १५३ रहेको छ ।
अर्जेन्टिनाको संक्रमित संख्या ४१ लाख ९८ हजार ६२० रहेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार २६१ रहेको छ । यस्तै, कोलम्बियामा ३८ लाख २९ हजार ९८९ रहेका छन् भने ९७ हजार ५६० मृत्यु हुनेको संख्या रहेको छ । रासस
उक्त विवरण कोरोना शुरु भएयता हालसम्मको हो ।
















आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया