जात थाहा पाएर कोठा नदिने घरबेटीविरुद्ध रुपा सुनारको जाहेरी

काठमाडौं । तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार विहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् । जातीय विभेदको मुद्धा भएका कारण प्रहरीले सजिलै मुद्धा गर्न नमानेको सुनारले बताइन् ।

‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजात सहित गएका हौँ । तर प्रहरीले उजुरी दर्ता गर्नै मानेनँ,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदा हुदै त प्रहरीले उजुरी लिदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने रु’ दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् । ‘‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्का पक्की भएपछि जातमा पुगेर अड्किएको थियो । घरधनीले जातकै कारण कोठा दिन नसक्ने पछि टेलिफोनमा बताएकी थिइन् । घटनापछि आफुमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया