पार्टीको आधिकारिकता दाबी गर्न यादव–भट्टराई पक्ष आयोगमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचन आयोग पुगेका छन् । पार्टीमा देखिएको विवादसँगै उनीहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन् ।
आयोगमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूसमेत पुगेका छन् ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् ।
हिजो बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेसँगै उनीहरू आज आयोग पुगेका हुन् ।
उता अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आगामी असार २२ गतेपछि राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने तयारी गरेको छ । पार्टीमा आफूहरू अल्पमतमा परेसँगै उनीहरूले पुरानो पार्टी ब्यूँताउने तयारी गरेको हो ।
यो पनि पढ्नुहोस्
असार तेस्रो सातासम्म राजपा ब्यूँताउने तयारीमा महन्थ ठाकुर पक्ष
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया