संघीयता बलियो बनाउने काम गरे सरकारलाई सहयोग गर्छौं : गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउने गरी सरकारले काम गरे आफूले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
गण्डकी प्रदेश सभामा बोल्दै उनले संघीयतालाई बलियो बनाउने काम गरे सरकारलाई सहयोग गर्ने बताए । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदैछन् । उनले विश्वासको मत प्रदेशसभामा प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भने, भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ । त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ ।
संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उनले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताए । उनले शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने बताए ।
पोखरेलले मुख्यमन्त्रीप्रति सद्भाव रहेको भन्दै अवसरवादी दलहरुको गठबन्धनको सरकार बनेकोले समर्थन गर्न नसकिने बताए ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया