राजनैतिक मुद्दा बोकेर निर्वाचन आयोगमा दलहरू

काठमाडौँ । विभिन्न राजनैतिक मुद्दा बोकेर राजनीतिक दलहरू निर्वाचन आयोग पुगेका छन् । आज शुक्रबार सत्तारुढ दल नेकपा एमाले बनेको पूर्व माओवादीका नेताहरू, नेकपा माओवादी केन्द्रका नेताहरू र जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोग पुगेका हुन् ।
माओवादी छाडेर एमाले बनेका नेताहरू निर्वाचन आयोग पुगेर आगामी निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेका थिए । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेका लागि दुई चरणमा निर्वाचन मिति तोकेको छ ।
यस्तै, माओवादीका नेताहरूले स्थानीय तहमा आफ्नो पार्टी छाडेर अरू दलमा समावेश भएका नेता तथा जनप्रतिनिधिहरूको नामावली प्रकाशित गरिदिन आयोग पुगेको हो ।
माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र प्रभु शाहलगायत नेताहरू आयोग पुगेका थिए । उनीहरूले आयोग पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल गरेका हुन् ।
उनीहरू आयोगबाट बाहिरिएसँगै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरूले माओवादी छाडेकाहरूको नामावली सार्वजनिक गर्नबारे आयोग पदाधिकारीसँग छलफल गरेका हुन् ।
स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारबाही गरे पनि आयोगले सुचना जारी नगरेसम्म पद खाली नहुने व्यवस्था रहेको छ । माओवादी नेता लिलामणि पोखरेलले माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्षहरू अरु पार्टीमा लागेको बताए ।
एमाले र माओवादीका नेता आयोगबाट निस्केलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू आयोग पुगेका थिए । पार्टीभित्र देखिएको विवाद समाधान नहुने भएपछि उनी पार्टीको आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् । यस्तै, उनले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई गरेको कारबाही अनुमोदनबारे समेत आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया