अबको मौद्रिक नीति-संकुचनकारी !
संकुचनकारी मौद्रिक नीति ल्याउनुपर्ने हो, विस्तारकारी बजेट ल्याएको कारणले हामीले संकुचितकारी मौद्रिक नीति ल्याउँछौं भन्यो भने गभर्नरको जागिर धरापमा पर्नसक्छ ।

काठमाडौं । सबैभन्दा पहिला मौद्रिक नीतिको लक्ष्य के हो थाहा पाउनुपर्छ ? लक्ष्य के हो भन्नलाई केन्द्रीय बैंकको काम के हो ? थाहा पाउन आवश्यक छ ।
सामान्यतया केन्द्रीय बैंकको काम बैंक तथा वित्तिय संस्थाहरुको माध्यमबाट अर्थतन्त्रलाई आवश्यक पर्ने वित्तिय साधन उपलब्ध गराउने हो । त्यसपछि उनीहरुको नियमन र प्रवर्दन गर्नुपनि हो । मुल्य स्थायित्व कायम गर्ने हो । भुक्तानी प्रणालीलाई सुदृढ बनाउने हो ।
शोधनान्तरस्थितीको अवस्थालाई अर्थतन्त्र अनुकुल राख्ने चेष्टा गर्नुपनि हो । मौद्रिक नीति बनाउँदा यहि कुराको सेरोफेरोमा रहेर काम हुन्छ । अर्को नेपाल सरकारको आर्थिक सल्लाहकारको रुपमा काम हुन्छ । यही कुरा भित्र रहेर मौद्रिक नीति बन्छ । केन्द्रीय बैंकको लक्ष्य पूरा गर्न मौद्रिक नीति बन्छ ।
अहिलेको परिस्थित फरक छ । सामान्य अवस्थामा यी कुरा सहज हुन्छ । केही अघि भुकम्पले, यो भन्दा अघि पनि कोभिडले अफ्ठ्यारोमा पार्यो । अहिले पनि कोभिडले समस्यामा पारेको छ । निकट भविष्यमा कोभिडले झन् समस्यामा पार्ने सम्भावना छ ।
यी सब कुरालाई मौद्रिक नीतिले नजरअन्दाज गर्न सक्दैन । त्यसैले सबैभन्दा कोभिडको कारणले अर्थतन्त्रमा परेको नकारात्मक प्रभावहरु के हुन् ? थाहा पाउनुपर्छ ।
त्यसअन्तर्गत उद्योगधन्दा व्यवसायहरु, सेवामुखीहरुलाई प्रत्यक्ष रुपले प्रभाव पारेको छ । अप्रत्यक्ष रुपले प्रभावमा परेको दिनदिनै श्रम गरेर खानेहरुका लागि एउटा ठूलो समस्या छ । वास्तवमा यो जिम्मेवारी केन्द्रीय बैंकको हो की सरकारको हो भन्नेमा हेर्नुपर्ने सरकारले नै हो । सरकारले त बजेट नै ल्याईसक्यो ।
बजेटले यतापट्टि केही कुरा गरेन । स्थानीय तहबाट आय श्रोत हुन्छ भन्यो सरकारले । स्थानिय तहले संघबाट आदेश पठाउँछ वित्तिय स्रोत पठाउँदैन, बजेट त हो तर साधन र स्रोत भए पो गर्ने हामी भनिराछौं ।
अब मौद्रिक नीतिले हेर्ने मुख्य कुरा बजेट कस्तो छ भन्ने पनि हो । अहिलेको बजेट कस्तो छ भन्दा गैरकानुनी छ भनेर बुझ्नुपर्छ । जेठ १५ गते बजेट ल्याउनुपर्छ भेनर संविधानमा भएपनि कसले पेश गर्ने हो ? भनेर हेर्नुपर्यो । वास्तवमा संसदको विश्वासको मत पाएको दलले खडा गरेको सरकारले ल्याउने हो पूर्ण बजेट । त्यस्तो परिस्थिती रहेन ।
प्रधानमन्त्रीले मलाई विश्वासको मत देऊ भन्दा संसदले इन्कार गर्यो, त्यसपछि अर्को किसिमको सरकारले पनि ३० दिनभित्र विश्वासको मत ल्याउनुपर्थ्यो । तर प्रधानमन्त्री ओलीले, “मैले पाउनुपर्ने अवस्था छैन । त्यसकारणले मैले लिन पर्दैन । मैले बाटो प्रसस्त गरे” भने । त्यसको २ घण्टापछि मेरो बहुमत छ संसदमा भनेर राष्ट्रपतिसामु निवेदन गर्न गए प्रधानमन्त्री ओली ।
सबै कारणले के बुझिन्छ भने चालबाजी चालेर कुर्सी नछोड्ने उपाए बाहेक अरु उपाए भएन । संसदले विश्वासको मत नदिइसकेपछि अरु किसिमको सरकार बनाइन्छ ।
संसदमा बहुमत नपाउने थाहा पाएपछि चुनाबी सरकारमा जान्छु भनेर आफ्नै सरकारको लागि गरेको कुरा हो । यो सर्वोच्च अदालतमा विचाराधीन छ । यी प्रमाणले अहिलेको पूर्ण बजेट गैरकानुनी र अनैतिक किसिमको हो ।
बजेटको प्रकृति हेर्दा चुनाबको लागि यति खर्च गर्छु नभनेपनि चुनाब केन्द्रीत नै हो भन्नलाई कसैले पनि शंका मान्नुपर्ने अवस्था छैन । योसँगै चुनावको लागि यति पैसा खर्च हुन्छ भनेर पनि छुट्टाएको छैन ।
जुन चुनावको लागि व्यवस्था गरेको छु भन्ने वाक्यांश छ यो अर्थ विविधतामा ८३ अर्ब रुपैयाँ हो । यसले चुनाव भइहाल्यो भने यसैबाट खर्च गरम्ला भन्ने सरकारको सोच हो । चुनाबमा १ खर्बजस्तो लाग्छ भन्ने अनुमान छ । चुनाव भएन भने अर्थमन्त्रालयबाट अर्थ विविधबाट खर्च गर्ने हो ।
१६ खर्ब ४७ अर्बको बजेट विगतको भन्दा ठूलो हो । पूँजीगत खर्च विगतको भन्दा १ दशमलव ५ प्रतिशतले घटेको छ । पूँजीगत खर्च लगानी हो त्यसबाट प्रतिफल दिन्छ अहिले र भविष्यमा पनि भन्ने हो । तर चालु खर्चमा बढावा दिएको छ आगामी बजेटले । यसले विस्तारकारी र मूल्य वृद्धि गर्ने हुन्छ । अर्को राजस्व १० खर्ब उठाउँछौं भन्ने बजेटमा छ ।
१३ खर्ब चालु खर्च हुँदा राजस्वले समेट्न नसक्ने भएकाले सरकारले सापटी लिनुपर्यो । आन्तरिक र बाह्य ऋण लिने कुरा छ बजेटमा । बैदेशिक ऋणमा त अप्रत्यक्ष रुपमा भएपनि मुल्यवृद्धि हुन्छ । मुल्यवृद्धि पनि बजेटमा ६ दशमलव ५ प्रतिशत गरेको छ ।
आर्थिक वृद्धि पनि ६ दशमलव ५ प्रतिशत भनेको छ । सरकारले बजेटमा भनेकै कुरालाई विश्वास गर्दा आर्थिक वृद्धि त शुन्य भयो । आम्दानी ५ रुपैयाँ हुँदा ५ रुपैयाँ कै बिडी खादा स्वास्थ्य प्रवर्दक स्वभाविक खर्च गर्ने हुन्छ ।
बजेटको यो अवस्थामा केन्द्रीय बैंकले मुल्यवृद्धि हुने कारण सरकारले बजेट भएकाले हामीले फुकेर मौद्रिक नीति ल्याउन सक्दैनौं भन्नुपर्यो । राष्ट्र बैंकले त्यस्तो गर्न सक्दैन । किनकी हामीकहाँ ईश्वरतान्त्रिक (अटोक्र्याटिक) किसिमको सरकार छ ।
राष्ट्र बैंकले सरकारलाई तपाईहरुले विस्तारकारी बजेट ल्याएको कारणले हामीले संकुचितकारी मौद्रिक नीति ल्याउँछौं भन्यो भने गभर्नरको जागिर धरापमा पर्नसक्छ ।
त्यसैले राष्ट्र बैंकले सरकारले ल्याएका नीतिलाई टेवा दिदै, कोभिडबाट दुष्प्रभाव परेका उद्योग व्यवसायलाई टेवा दिनका लागि हामी प्रतिबद्ध छौं भन्नुपर्यो । कोभिड १९ का कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको छ ।
चालु आर्थिक वर्षमा पनि ५ खर्ब रुपैयाँ दिन सक्छौं भन्ने थियो । त्यसको आधामात्र राष्ट्र बैंकले दिन सक्यो । आधा बाँकी छ अलिकति उदार भएर जाने हो भने आधा दिने प्रवृतिमा जाने अवस्था राष्ट्र बैंकको छैन ।
वास्तवमा भन्ने हो भने यो बजेट लागु हुने बजेट होइन, कथमकदाचित यो लागु भयो भने यस्तो भावना राखेको थियौं हामीले अब यस्तो भयो भनेर सरकारले भन्न पाउँदैन ।
शोधनान्तरको अवस्था पनि पहिलाको तुलनामा घटेर गएको छ भनेको छ सरकारले । व्यापार घाटा बढेको कारणले शोधनान्तर घटेको हो भन्ने देखाएको छ । रेमिट्यान्स बढीरहेको छ भन्दा पनि मुद्रा विस्तार पनि छाडिदैन ।
परिवारले सटही गरेर पैसा लाने हो । जुन विदेशी पैसा छ राष्ट्र बैंकले राख्ने हो । सटही गरेको विदेशी मुद्रा देशको ढुकुटीमा राख्ने हो । केन्द्रीय बैंकले मौज्जादमा रहेको पैसा छैन भने नयाँ नोट निकालेर दिन सक्छ ।
त्यसरी दिएको उपभोगमा पैसा खर्च हुने भएकाले आयातमा बढ्छ र अर्थतन्त्रलाई रख्खुचक्चरमा पार्न सक्ने सम्भावना भएकाले संकुचनकारी मौद्रिक नीति आउनुपर्ने हो तर वस्तुगत अवस्था त्यस्तो हुन नसक्ने सम्भावना छ ।
मेरो न्यूजकर्मी किरण अधिकारीले पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीसँग मौद्रिक नीतिका बारेमा गरेको कुराकानीमा आधारित










पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया