शुक्रबार, वैशाख ११, २०८३

आजको मौसमः कहाँ/कहाँ पानी पर्छ ??

मेरोन्यूज २०७८ असार ५ गते ६:२८

काठमाडौं । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
NiccNicc

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तै दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया