स्काउट शिक्षा मार्फत बालबालिका र युवालाई सक्षम र स्वावलम्बी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद व्यवस्थापनको क्षेत्रमा स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउनु पर्नेमा जोड दिएका छन् ।
उनले नेपाल स्काउटको ७०औं स्थापना दिवसको शुभकामना दिंदै स्काउट प्रकोपका समयमा गाउँगाउँमा पहिलो उद्धारकर्ताका रुपमा स्थापित हुनुपर्ने बताएका हुन् ।
उनले स्काउट शिक्षा मार्फत अब हरेक बालबालिका र युवालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाई सामाजिक जागरणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने बनाउनुपर्ने उल्लेख गरेका छन् ।
यस्तै देशका हरेक विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट इकाई सञ्चालन गर्ने समेत बताएका छन् ।
कोरोना संक्रमणका कारण यो वर्ष स्काउटको स्थापना दिवस घरमै बसेर अनलाइन प्रविधिमार्फत मनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
विश्वमा सन १९०७ मा नै स्काउटको स्थापना भएपनि नेपालमा भने बिस. २००९ सालमा मात्र स्काउट अभियानको सुरुवात भएको थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया