शनिबार, माघ ३, २०८२

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीयकाे मृत्यु

मेरोन्यूज २०७८ असार ५ गते २२:१०

काठमाडाैं । बाराकाे सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदूरकाे जलेर मृत्यु भएकाे छ । आगलागीमा परी अन्य ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेका रामनाथ र प्रदिप नाम गरेका दुई भारतीय छन । उनीहरूको लास बिस्फोटसँगै टंकीमै टासिंएको थियोे ।

घटनामा गम्भीर घाइते एक भारतीय नागरिकको बीरगंजमा उपचार भईरहेको छ भने अन्य तीनजना घाइतेको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनाएको छ।

घटनामा अन्य १ जना हराइरहेका छन् । घटनाका प्रत्यक्षदर्शीले बताए अनुसार उनको टंकीभित्र खसेर जलेर मृत्यु भएको आशंका गरिएको छ।
घाइतेमध्ये ईन्द्र प्रसाद अधिकारी, नवराज चौलागाई र नाम नखुलेको १जना छन् । उनीहरुको तराई अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचारमा उद्योगले चासो नदेखाएको घाइतेको गुनासो छ।

उद्योगभित्र रहेको फलाम पगाल्न प्रयोग हुने फार्नेस आयलको टंकी वेल्डिङ गरेर प्वाल टाल्ने क्रममा बिस्फोट हुँदा दुर्घटना भएको विस्फोटमा भागेर बाच्न सफल भएका मजदुरले बताए ।

रोलिङ मिलहरूमा प्रयोग गरिने यस्तो लिक्विडको टंकीमा बेलाबेलामा प्वाल परेर लिकेज हुन्छ । त्यसैले त्यसलाई वेल्डिङ गरेर प्वाल टालिरहनु पर्छ। टंकी खाली गरेर टाल्ने काम गरिन्छ । तर उद्योगको लापरबाहीका कारण भरिएको टंकीमा वेल्डिङ गर्न लगाइयो र दुर्घटना भयो । यसमा उद्योगको चरम लापरवाही रहेको ट्रेड युनियनका नेता बेनी तिमल्सिनाले बताए ।

स्टिल रोलिङ मिलहरूमा यस्ता घटना बारम्बार हुने गरेका छन् । केही समयपहिला पनि भगवती रोलिङ मिल सिमरामै यस्तै काममा विस्फोट हुदा दुई मजदुरको घटनास्थलमै ज्यान गएको थियो ।

बारम्बार उहीखाले दुर्घटना दोहोरिदा पनि उद्योगले लापरवाही गरेर मजदुरलाई जोखिममा पार्ने काम अपराधी मनसायबाट प्रेरित भएको हुनसक्ने माओवादी नेता राजन पौडेलले बताए ।

प्रतिक्रिया