आजको राशिफलः आषाढ ६ गते आइतबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ६ गते आइतबार, ज्येष्ठ शुक्लदशमी तिथि । आज वज्रगुरु पद्मसम्भव जयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
आम्दानीमा सकारात्मक बृद्धि हुन पुग्ने छ । बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । तर बेला बेला अनावश्यक रुपमा बोलीमा देखा पर्ने कडापनले हुन खोजेका कामलाई पनि बिगार्ने भएकाले विचार पुर्याउनु होला । मनोमलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा अबरोध आउने छन् । निर्माण, विकासका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, हेलिकोप्टर सेवा जस्ता क्षेत्र सकारात्मक रहने छन् ।
वृष
व्यक्तित्व चलाख खाले हुने छ । मनमा भने असाध्यै दुविधा आउने छ । यो गरौँ कि त्यो गरौँ लागि रहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । रिस भने कडा देखा पर्ने भएकाले सतर्क रहनु होला । व्यवस्थापकीय क्षमता राम्रो हुने छ । ब्यापार विजनेश, वाणिज्य क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहेको छ ।
मिथुन
दृढ खालको व्यक्तित्व हुने छ । पारीवारिक जीवनमा कलह क्लेस चर्कने छ । भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका श्रृखला धेरै आउने भएकाले निरन्तर अघि बढ्ने बानी कायम राख्नु होला । पेशागत जीवन औसतमा स्थिर रहने छ । मेहनत र पराक्रमी स्वाभाव कायम रहने छ ।
कर्कट
दृढताको अभावमा निर्णय नै गर्न नसक्ने दुविधाले सताउने छ । मनोबलको असाध्यै कमि हुन जाने छ । बोलीमा भने नरमपना देखा पर्ने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले सञ्चित गरेको धन नोक्सान हुने चुनौतिपूर्ण समय रहेकाले सतर्क रहनु होला ।
सिंह
समय शुभ चलिरहेको छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुन जाने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा भने केही तिक्तता देखा पर्न जाने छ ।
कन्या
भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । बोलीमा नरमपना आउने छ । व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ । दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा पनि समस्या देखा पर्ने छ । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने भएकाले सन्तुष्ट रहने प्रयास गर्नु होला ।
तुला
शितल स्वाभावको व्यक्तित्व हुने भएकाले अरुले मन पराउने छन् । व्यवस्थापकीय क्षमतामा तिब्र गिरावट देखिने छ । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव सृजना भइ दिने छ ।
वृश्चिक
भाग्यको साथको अभावले गर्दा कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । आफूले आफैप्रति विश्वास नलाग्ने अवस्था आउने छ । मनमा दुविधाले असाध्यै सताउने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, वाउन्सर, सेक्युरिटी सेवा आदीमा सहभागिहरुलाई समय चुनौतिपूर्ण रहेकाले संयमित रहनु होला ।
धनु
शरीरमा निकै कमजोरीहरु देखा पर्ने छन् । मनले कमाई गर्नु पर्छ भनि अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य, मनोबलले साथ दिने छैन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथसहित अघि बढ्नु होला । छोटो छोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । जलविद्युत, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।
मकर
मनमा दृढता बढ्ने छ । व्यक्तित्वमा पनि निखारता आउने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा अति धेरै हुने भएकाले यसबारेमा ध्यान पुर्याउनु होला । साझेदारीमा गरिएका कामहरुमा गम्भीर चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढटा भने आइरहने छ । आम्दानीमा ह्रास आउने छ । धेरै चुनौतिपूर्ण जोखिमका कामहरुमा हात नहाल्नु होला ।
कुम्भ
बौद्धिकतामा वृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गम्भीर ह्रास देखा पर्ने छ । औषधी, ठेक्कापट्टा, सर्जिकल सामानको आपूर्ति, लत्ता कपडा जस्ता क्षेत्रमा कार्यरतहरुलाई केही फाइदा मिल्ने छ । उद्योग, कलकारखाना, श्रमिक वर्गा, निर्माण जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
मीन
निराश भाव बढि आउने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला ।मनमा असाध्यै दुविधाले सताउने छ । एक्लै बस्ने भन्दा मनको वह अरुलाई साझा गर्दा शान्ति मिल्ने छ । चिसोबाट, पानीबाट जोगिनु होला । आम्दानीमा अलिकति बृद्धि हुन खोजे जस्तो हुनेछ । धन सम्पपत्ति नोक्सानी हुन सक्ने जोखिम देखिएकाले सतर्क रहनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया