अझै खुलेन कर्णाली राजमार्ग, सरोकारवाला पक्षको वेवास्ता

दुल्लु । लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन ।
सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालना आउनसकेको छैन ।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुबाहक सवारी साधन र जुम्ला कालीकोट पु¥याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारी साधन बाटोमै थुनिएका छन् भने यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन् ।
सवारी साधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधरणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो समय पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ ।
अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको स्थानीयवासी भीम बुढाले बताए । एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनको गुनासो छ ।
बारम्बार सडक निर्माण गरे पनि वर्षाले पहिरो गइरहने हुँदा राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । “निकै प्रयास गरिरहेका छौं”, उनले भने ।
घट्टेखोलामा ठूलो पहिरो आउँदा समय लाग्ने र छिनछिनमा राजमार्गका विभिन्न ठाउँमा पहिरो झरिहाल्ने गरेकाले सडक सञ्चालनमा समस्या नै आएको उनको भनाइ थियो । उनले छिट्टै राजमार्ग खुलाउन प्रयत्नशील रहेको बताए ।
यद्यपि राजमार्ग एक हप्तादेखि पहिरोका कारण अवरुद्ध भए पनि हालसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ ।
त्यस्तै दैलेखका दर्जनौं ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध भएका छन् । जिल्लाका ११ स्थानीय तहका केन्द्रमा पुग्ने सबै सडक अवरुद्ध भएका छन् ।
सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ । सवारी साधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ ।
कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया