भेमाथाङ पहिरो : न रह्यो बास, न बच्यो गाँस

सिन्धुपाल्चोक । असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।
बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमीन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमूना विद्यालयका रुपमा परिचित छ ।
असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिक रुपमा क्षति ग¥यो । विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन । विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो ।
२०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा चै के थियो भने विद्यालयको भवन ढले पनि जमीन चै त्यहीँ थियो । अहिले न घर छ, न जमीन ।
यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उनले जानकारी दिए ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन् ।
इष्ट पोइन्ट एकेडेमीमा पनि क्षति
हेलम्बु गाउँपालिका–४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कुल छ । अहिले ५५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित हुन्छ । धेरै विद्यार्थीको सम्भावना बोकेको छ । निजी विद्यालय भए पनि समुदायको धरै आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द हुनुहुन्छ । आफ्नै घर, खेत पूरै खोलाले बगाउँदा पनि उहाँलाई सबैभन्दा धरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ ।
घरको पिल्लर मात्र देखाउँदै उहाँले भन्नुभयो, “मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन जिन्दगी सुम्पेको विद्यालय पनि छैन ।” केही सोच्नै सकेको छैन भावुक हुदै उनले भने “प्रकृतिसँग कसैको केही नलाग्ने रैछ । भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपश्चात् गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।”
विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा स्थानियहरु दुखी भएका छन् । विद्यालयमा त्यति धेरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित स्थानियहरु भएका हुन् ।
। निजी विद्यालय भए पनि शिक्षा प्रदान गर्ने पुण्य थलोलाई बहिष्कार गर्दा समाजका लागि अहिलेसम्म बिताएको समय निराशाजनक भएको प्रअभारतीको कथन छ । अबको विद्यालय के हुने रु कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउने लगायतका प्रश्नको वर्षाले उनी चिन्तित रहेका छन् ।










कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया