साताको पहिलो दिन नेप्सेमा ठूलो अंकले गिरावट
मेरोन्यूज
२०७८ असार ६ गते १५:४४

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार ठूलो अंकले गिरावट भएको छ । सेयर बजार नेप्से परिसूचक कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको थियो । तर, बजार बन्दा हुँदा नेप्से परिसूचक उच्च अंकले गिरावट भएको हो ।
३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से आज २ हजार ९ सय ५ मा झरेको छ । नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने थोरै सुधारिएको छ ।
बिहीबार ११ अर्ब भन्दाकमको कारोबार भएकोमा आज साढे ११ अर्ब हाराहारीमा कारोबार भएको छ । आज सेयर बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै सेयर गुमाउनेहरुमा फाइनान्स र विकास बैंक देखिएका छन् ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया