ओली नेतृत्वको प्रदेश सरकार हटाउने गठबन्धनको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको नेतृत्व रहेको प्रदेश सरकारमा नयाँ सरकार गठन गर्नेबारे छलफल भएको छ । आइतबार साँझ देउवा निवासमा विपक्ष गठबन्धन पक्षको बैठक बसेको हो ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा एमालेको ओली पक्षले सरकारको नेतृत्व गरिरहेको छ । स्रोतका अनुसार यी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सहितको गठबन्धन पक्षले आफ्नो पक्षमा सरकार गठनका लागि राजनीतिक पहल राख्ने भएको हो ।
यस्तै, बैठकले कांग्रेसको केन्द्रीय कार्य समितिबाट नै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णयप्रति विपक्षी गठबन्धनले स्वागत गरेको छ । कांग्रेसको कार्य समितिको बैठकले जारी गठबन्धनको पक्षमा पार्टी निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो ।
बैठकमा नेकपा एमालेका नेता माधव नेपालले विपक्षी गठबन्धनमा आफू अन्तिम समयसम्म सँगै रहने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीका दोस्रो तहका नेताहरूले गरेको संवादबारे आफूलाई कुनै जानकारी नभएको उनले बैठकमा बताएका थिए ।
नेता नेपालले आफूलाई कुनै जानकारीसमेत नदिई भइरहेका छलफलको कुनै अर्थ नरहेको बताउँदै विपक्षी गठबन्धनमा नै रहने बताएका हुन् । बैठकमा उनले अब ओलीसँग मिलेर जाने सम्भावना कम हुँदै बताएका थिए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादव सहभागी रहेको थिए ।
दोस्रोपटक संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको मिति घोषणा गरेसँगै विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध १४९ जना सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत गएका थिए । सोही मुद्दाको सुनुवाई आगामी बुधबारदेखि हुने भएको छ ।
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया