मंगलबार, वैशाख ९, २०८२

सुनको मूल्यमा भारी गिरावट

मेरोन्यूज २०७८ असार ७ गते १३:४९

काठमाडौँ । सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कायम भएको मूल्य आज सोमबारसम्म २८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम रहेको थियो ।

यस्तै, असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

गत वैशाख १५ गतेदेखि बन्द भएको सुनचाँदीको पसल भोलि मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । हिजो आइतबार उपत्यकाको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आइतबार, मंगलबार र बिहीबार पसल खोल्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया