झापामा कोरोना संक्रमणबाट दुईको मृत्यु

झापा । कोरोना संक्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् ।
घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १०ः०० बजे मृत्यु भएको परिवारले जनाएको छ । सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या आठ पुगेको छ ।
शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो । मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका थिए ।
शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ संक्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी हाल नगरका ३५८ संक्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय संक्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।













निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया