आजको राशिफलः आषाढ ८ गते मंगलबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ८ गते मंगलबार, ज्येष्ठ शुक्लद्वादशी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
आम्दानीमा बृद्धि हुन जाने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुनाले अरुबाट काम लिन सकिने छ । सवारी साधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा दायक रहने छ । मनोमलमा कमि आउने भएकाले यस विषयमा सतर्क रहनु होला ।
वृष
चतुर व्यक्तित्व हुने छ । रिसालु स्वाभाव भने देखा पर्ने भएकाले यस विषयमा ध्यान पुर्याउनु होला । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ । मनमा दुविधाको मात्रा बढि आउने भएकाले निर्णयहरु लिन कठिनाई हुन जाने छ । व्यवस्थापकीय क्षमता भने बृद्धि हुने छ ।
मिथुन
दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । मेहनत र पराक्रमी स्वाभावमा बढोत्तरी हुने भएता पनि पेशागत जीवनमा भने अपेक्षाकृत कदर हुने छैन् । तर औसतमा पेशागत जीवन स्थिरता दिशातर्फ नै रहने छ । पारीवारिक जीवनमा भने बिबादले स्थान लिने छ ।
कर्कट
बोलीमा नरम बन्ने छ । समय धैर्य भएर पाइला चाल्नु पर्ने प्रकारको छ ।साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा संयमित रहनु होला । दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ ।
सिंह
आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने स्वाभाव हुने छ । आत्मबल बलियो हुने हुँदा जस्तो सुकै परिस्थितिमा पनि अघि बढ्न चाहने व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा कदर प्राप्त हुने छ भने उन्नति हुने छ ।समय सकारात्मक रहेकाले उन्नति प्रगतिका सिँढि चढ्न पाइने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ ।
कन्या
भाग्यको बलियो साथ रहेको छ । मिलनसार स्वाभाव हुने भएकाले सबैसँग मिल्न सक्ने व्यक्तित्व बन्ने छ । जसले गर्दा उन्नति प्रगतिका मार्ग प्रशस्त बन्न जाने छ । व्यक्तित्व नरम खाले हुने छ ।साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ ।
तुला
शितल खालको ब्यक्ति हुने हुँदा यसले अरुको केही सद्भाव भने प्राप्त हुने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा उत्पन्न समस्या समाधानमा चाहिने ठाउँमा चाहिने बुद्धि आउने छैन् । शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, बोलेर खाने पेशा, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ ।
वृश्चिक
समय धैर्य हुनु पर्ने खालको छ । भाग्यको साथ नभएकाले कमजोर मनोवल भएको व्यक्तित्व देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सेक्युरिटी सेवा, वाउन्सर जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अझै चुनौतिपूर्ण कायम छ । मनमा दुविधाले सताउने हुँदा अरुलाई विश्वास गर्न सकिने छैन् ।
धनु
मनले अघि बढ्न खोजे पनि शारीरिक स्वास्थ्य र मनोबलले साथ नदिँदा मनमा निराशा आउने छ । शारीरिक कमजोरीहरुले असाध्यै सताउने भएकाले योगाभ्यास र शारीरिक व्यायाममा जोड दिनु होला । जलविद्युत, स्वीमिङ्ग पुल संचालन, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।
मकर
व्यक्तित्वमा केही निखारता आउँदा आकर्षक व्यक्तित्व बन्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् । धेरै जोखिमले भरिएको र भारी लगानी गर्नु पर्ने खालको काममा हात हाल्ने विषयमा प्रवेश नगर्दा राम्रो हुने देखिन्छ । अत्याधिक चुनौतिपूर्ण कामहरुमा संलग्न हुने समय छैन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् ।
कुम्भ
बुझाईको दायरा अर्थात बौद्धिकतामा भने वृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा आउने कमिले भएको बौद्धिक क्षमतालाई छायाँमा पारि दिने छ । औद्योगिक क्षेत्र, उद्योग, कलकारखाना, श्रम क्षेत्र, विकास निर्माण, ठेक्कापट्ट जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल अवस्थाको छ ।
मीन
समय धैर्य भएर पाईला चाल्नु पर्ने खालको छ । आम्दानीमा हुने थोरै परिमाणको बृद्धिले राहत प्रदान गर्ने छ । धन सम्पत्ति, वित्तिय अवस्थामा नोक्सानी हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । मनमा निराश भाव देखा पर्ने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । चिसोबाट र पानीबाट जोगिनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया