बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

धरान (सुनसरी)।प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद रु १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले जनाकारी दिए ।
साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने राईले बताए । यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडाँै, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया