नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा ग्लामोर्गन टिमका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा क्यानले आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको विशेष तयारीका लागि हार्भेलाई नियुक्त गरिएको जनाएको छ।
क्यानका अनुसार हार्भेको अन्तर्राष्ट्रिय खेल अनुभव र प्रशिक्षकका रूपमा रहेको दक्षताले विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताअघि नेपाली टोलीको बलिङ विभागलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
क्यानले हार्भेको मार्गदर्शनले नेपाली बलरहरूको विकासमा उल्लेखनीय योगदान पुग्ने र विश्वकप यात्रामा राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।
हाल नेपालका क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल छन् भने सहकायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया