नेपाल पुनर्बीमा कम्पनीको लाभांश बाँड्ने प्रस्ताव

काठमाण्डौँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको सम्पन्न बैठकले चुक्ता पूँजीको १६ दशमबल ५ प्रतिशत बराबरले हुन आउने १ अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलब ५ प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित साढे १६ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र नेपाल सरकारले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको शेयर स्वामित्व रहेको छ । ७६÷७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले चुक्ता पूँजीको १६ दशमलब ५ प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलब ५ प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र नेपाल सरकारले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको शेयर स्वामित्व रहेको छ ।















सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया