खाद्य संकट व्यहाेरेका चेपाङ परिवारलाई खाद्यान्न वितरण

धादिङ । खाद्यान्न संकट भोगिरहेको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।
विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ ।
बीस सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताइन् । जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पुर्याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार खुशी भएका छन् ।














धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया