सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगाे लगाएका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ ।
प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन्।
नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ ।














सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया