सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगाे लगाएका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ ।
प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन्।
नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया