संरक्षण अभियानकर्मी लामालाई ‘रोलेक्स कन्जर्भेसन अवार्ड ’

हुम्ला । हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा सम्लग्न रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेसन अवार्ड २०२१ ’ प्राप्त गरेका छन् ।
उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जङ्गली चौँरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पुर्याए वापत् उनलाई सो पुरस्कार प्रदान गरिएकाे हाे ।
वातावरण तथा वन्यजन्तु संरक्षणको अभियान्ता समेत रहेका उनी सातवर्षदेखि सो क्षेत्रमा अध्ययनरत छन् । ‘अन्तरराष्ट्रिय प्रकृति संरक्षण ’विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित ‘नेपाल कन्जर्भेसन अवार्ड’ प्राप्त गरेका थिए ।
नेपाल तर्फबाट लामासहित विभिन्न देशका अन्य पाँचजना सो पुरस्कारमा छनाेटमा परेकाे रालेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनेट गरी सो पुरस्कार प्रदान गर्दै आइएको विज्ञप्तिमा उल्लेख छ ।














धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया