धनगढी उपमहानगरपालिकाको बजेट रु एक अर्ब ८१ करोड

कैलाली । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि रु एक अर्व ८१ करोड २८ लाख २२ हजारको बजेट सातौ नगरसभामा पेश गरेको छ । आज धनगढीमा आयोजित उपमहानगरपालिकाको सातौं नगरसभामा उपप्रमुख सुशिला मिश्र भट्टले उक्त बजेट पेश गरे ।
जसमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ रु ७८ करोड ४७ लाख ५१ हजार रहेको छ । बजेट तथा कार्यक्रमले कोभिड– १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ ।
कृषितर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्यको व्यवस्था गर्ने, सामुदायिक वनमा जडिबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको व्यवस्था गरिने नीति लिएको छ । पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको प्रवर्द्धन गर्नेलगायत कार्यक्रम रहेका छन् ।
सामाजिक विकासतर्फ वालबालिका किशोर किशोरीसँग उपमेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ट शिक्षक सम्मान, बालविकास शिक्षक, सामुदायिक सिकाई केन्द्रका कर्मचारीलाई केन्द्रले तोकेको तलबमा अपुग रकम थप गर्ने नीति लिएको छ । त्यसैगरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानूनी मामिला तथा न्यायिक निरुपण लगायतका क्षेत्रहरुलाई समेट्ने गरी नीति तर्जुमा गरेको छ ।
नगरप्रमुख नृपबहादुर वडले सीमित स्रोत साधनका बीच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको जानकारी दिए । उनले समेट्न नसकेका बिषय छलफल मार्फत समेटेर लैजाने बताए । उपप्रमुख भट्टले निकै मेहनतसाथ स्थानीय तहले अवलम्वन गर्ने सबै प्रक्रिया पुरा गरेर नगरवासीका मागलाई स्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको बताए ।














सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया