सशस्त्र प्रहरीका डीआईजी प्रवीणकुमार श्रेष्ठको पदावधि थपियो, आइजीपी बन्ने बाटो खुल्यो

काठमाडौं । सशस्त्रका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नम्बर ७ बाहिनीका बाहिनीपति श्रेष्ठको सेवाअवधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को वैठकमा छलफल भएता पनि निर्णय गरेको थिएन तर आज दिनभरिको रस्साकस्सि र दौढधुपपछि उनको एकवर्ष थप गर्ने निर्णय गरेको स्रोतले मेरोन्यूजलाई जानकारी दियाे । सशस्त्र प्रहरी नियमावली, २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।
सोही व्यवस्थाअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवाअवधि एक वर्ष थप गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र डीआईजीको पदावधि चाररचार वर्ष तोकिएको छ । सोही प्रावधानअनुसार श्रेष्ठ डीआईजी भएको मंगलबार (आज) राति १२ बजे चार वर्ष पूरा भएर अनिवार्य अवकासमा जाँदै थिए ।
उनको अवधि थप गरेपछि अब श्रेष्ठ सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने बाटो खुलेको छ । हालका सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल आगामी चैत्र २८ मा अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि करिब एक महिनाका लागि हालका एआइजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने छन् । केसीलगत्तै वरियताका आधारमा डिआइजी श्रेष्ठ एआइजी बन्ने छन् ।
यसअघि डिआइजीहरू खड्क राई र मन्दिप श्रेष्ठको समेत पदावधि एक वर्षका लागि थप गरिएको थियो । उनीहरू दुवै जनाको ५ वर्षे पदावधि आगामी माघमा सकिँदै छ । त्यति बेलासम्म एआइजी रिक्त नहुने भए पनि उनीहरू दुवै जनाले डिआइजीबाटै अवकाश पाउने छन् । डिआइजीमा उनीपछि रहेका राजु अर्याल र नारायणदत्त पौडेल पनि एआइजी बन्ने दौडमा छन् ।
श्रेष्ठ एआइजीमा बढुवा हुँदा एक नम्बरमा बढुवा भए उनको सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना बलियो छ । २७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी पछि सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए । श्रेष्ठ यसअघि सशस्त्र प्रहरीको प्रवक्तासमेत बनेका थिए । यसअधि सरकारले डीआईजीद्वय खड्क राई र मन्दीप श्रेष्ठको कार्यकालसमेत एकरएक वर्ष थप गरेको थियो ।










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया