प्रधानन्यायाधीश–कानुनविद् सवाल जवाफ
नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ ?

काठमाडौं । प्रतिनिधि सभा विटघटन सम्बन्धी रिटमाथि आजदेखि बहस सुरु भएको छ । आजको बहसमा रिट निवेदकका तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरेका छन् । बन्दीले संविधानको धारा ७६ (५) अनुसार आह्वान भएपछि पाँचजना पूर्वप्रधानमन्त्रीहरुसहित १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुग्नु नै विश्वसनीय आधार भएको तर्क गरेका छन् ।
“राष्ट्रपतिलाई यहाँभन्दा विश्वसनीय आधार के चाहियो श्रीमान् ,” बन्दीको प्रश्न थियो, “केपी शर्मा ओलीबाहेकलाई प्रधानमन्त्री बनाउन नचाहेको होइन र ? ”
राष्ट्रपतिले मध्यरातमा नै किन निर्णय गर्नुपर्यो, उहाँको नियत गलत थियो भन्ने आधार नै यही हो । राजनीतिक पार्टीको सहमति वा समर्थन म्यान्डेटरी नै छैन भने त्यसैलाई देखाएर आफ्नो नियत राष्ट्रपतिले पूरा गर्न पाउँछ श्रीमान् उनले थप प्रश्न गरेका छन् ।
बन्दीलाई नै फेरि त्यही बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे– के त्यसो भए ७६(२) मा सरकार बनाउन नसक्नेले ७६(५) अनुसार गर्न मिल्छ त ?”
प्रधानन्यायाधीशको प्रश्नमा बन्दीले भने, “७६(२) दलीय आधारमा हो श्रीमान् । तर ७६ (५) होइन ।”
त्यसो भए ५ को प्रक्रिया सुरु गर्ने समय भएको थियो ? प्रधानन्यायाधीशको प्रश्न थियो ।













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया