युरोकपमा आज ४ खेल हुँदै, समूह चरणको छनोट सकिने

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार राति ९ः४५ बजेदेखि चार खेलहरू हुँदै छन् ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरू हुने छन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ को २–२ खेलहरु हुनेछन् । युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाइसकेको छ ।
समूह ‘ई’मा रहेको स्पेनले आज स्लोभाकियासँग सेभियामा राति ९ः४५ बजे भिड्ने छन् । स्पेनलाई नकआउट चरणमा प्रवेश गर्न यस खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्वीडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
स्वीडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्वीडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ । पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
समूह ‘एफ’अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्ने छ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । एजेन्सी













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया