युरोकपमा आज ४ खेल हुँदै, समूह चरणको छनोट सकिने

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार राति ९ः४५ बजेदेखि चार खेलहरू हुँदै छन् ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरू हुने छन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ को २–२ खेलहरु हुनेछन् । युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाइसकेको छ ।
समूह ‘ई’मा रहेको स्पेनले आज स्लोभाकियासँग सेभियामा राति ९ः४५ बजे भिड्ने छन् । स्पेनलाई नकआउट चरणमा प्रवेश गर्न यस खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्वीडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
स्वीडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्वीडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ । पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
समूह ‘एफ’अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्ने छ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । एजेन्सी


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया