अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुगेका छन्। वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उनले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।
शहबाज सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउदी अरबको भ्रमणपछि उहाँको प्रतिनिधिमण्डल दोहा आइपुगेको छ र उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट्ने अपेक्षा गरिएको छ।”
क्षेत्रीय र विश्वव्यापी शान्तिका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे उनीहरुले विचार आदानप्रदान गर्ने उनको कार्यालयले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले सरिफले मध्यपूर्वको भ्रमणपछि टर्कीए जाने कार्यक्रम तय भएको छ ।
गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेको थिएन । अप्रिल ७ मा दुई हप्ताको युद्धविराम सुरु भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्बन्धमा पाकिस्तानमा भएको वार्ताले तत्काल कुनै सहमत गर्न विफल भएको थियो ।
इरानमाथि अमेरिका र इजरायलको आक्रमणका कारण फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्धको प्रारम्भमा कतारको ऊर्जा पूर्वाधारमा इरानको आक्रमणका कारण दोहाले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोक्न बाध्य भएको थियो ।
इरानसँग विशाल दक्षिणी पार्स ग्यास क्षेत्रमा साझा सिमा रहेको अमेरिका, अष्ट्रेलिया र रूसको साथ एलएनजीको प्रमुख उत्पादकहरू मध्ये एक हो। कतार पाकिस्तानलगायत एसियाली राष्ट्रहरूको लागि एक प्रमुख आपूर्तिकर्ता हो ।















जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया