पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

काठमाडौं । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।
यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले जानकारी दिए । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ ।
पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय हुँदै आएका छन् ।
विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लागेका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएका हुन् । यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनको भनाई छ । गत वर्ष उनले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए ।
यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ । वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ ।
गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताए । गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् ।
हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका हुन् ।
गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ । अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ । पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि औषधीय गुणले युक्त जडीबुटी उपहार पठाउन सकिने गरी खाली स्थानमा गुर्जो रोपण गर्न लागिएको हो ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया