प्रतिनिधिसभा विघटन विरुद्धको रिट माथि आजको सुनुवाई सकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आजको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट निवेदकलाई दिएको समय अब ४ घण्टा ४५ मिनेट बाँकी रहेको छ ।
संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बन्नका लागि आह्रवान गरेपनि त्यसपछि दावी पेश गरेका कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी ओली दुवैको दावीमा प्रधानमन्त्री बनाउने आधार नदेखिएको राष्ट्रपतिले निक्यौल निकालेपछि ओलीले जेठ ८ गते सोही राती मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधीसभा दोस्रो पटक भंगको निर्णय लिएका थिए ।
त्यसपछि यो मुद्दा सर्वाेच्च अदालतको संबैधानिक इजालसमा पुगेको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गदै संसदका १४६ सांसदले अदालतमा समेत पुगेर देउवाकै निवेदनमा साझा निवेदन बनाउँदै सनाखत गराईदिएका थिए ।
त्यसपछि यो मुद्धा संवैधानिक इजालस गठन भई त्यहाँँ वुधबारदेखि निरन्तर सुनवाईको क्रममा छ ।
अदालतले पक्ष–विपक्ष दुवै तर्फलाई १५–१५ घण्टाका दरले वहसका लागि समय निर्धारण गरिदिएको थियो । वुधबार र विहिवार गरी निवेदनकका तर्फबाट दिनभर अभिवक्ताहरुले वहस गरेका थिए । अव निवेदकलाई जम्माजम्मी ४ घण्टा ४५ मिनेट बाँकी रहेको छ ।
संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । आज वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।
विपक्षी गठबन्धका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १४६ जनाले सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुन स्थापना र देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । यस्तै प्रतिनिधि सभाको विघटन सम्बन्धि अन्य ३० रिट पनि परेका छन् ।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया