प्रतिनिधिसभा विघटन विरुद्धको रिट माथि आजको सुनुवाई सकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आजको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट निवेदकलाई दिएको समय अब ४ घण्टा ४५ मिनेट बाँकी रहेको छ ।
संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बन्नका लागि आह्रवान गरेपनि त्यसपछि दावी पेश गरेका कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी ओली दुवैको दावीमा प्रधानमन्त्री बनाउने आधार नदेखिएको राष्ट्रपतिले निक्यौल निकालेपछि ओलीले जेठ ८ गते सोही राती मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधीसभा दोस्रो पटक भंगको निर्णय लिएका थिए ।
त्यसपछि यो मुद्दा सर्वाेच्च अदालतको संबैधानिक इजालसमा पुगेको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गदै संसदका १४६ सांसदले अदालतमा समेत पुगेर देउवाकै निवेदनमा साझा निवेदन बनाउँदै सनाखत गराईदिएका थिए ।
त्यसपछि यो मुद्धा संवैधानिक इजालस गठन भई त्यहाँँ वुधबारदेखि निरन्तर सुनवाईको क्रममा छ ।
अदालतले पक्ष–विपक्ष दुवै तर्फलाई १५–१५ घण्टाका दरले वहसका लागि समय निर्धारण गरिदिएको थियो । वुधबार र विहिवार गरी निवेदनकका तर्फबाट दिनभर अभिवक्ताहरुले वहस गरेका थिए । अव निवेदकलाई जम्माजम्मी ४ घण्टा ४५ मिनेट बाँकी रहेको छ ।
संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । आज वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।
विपक्षी गठबन्धका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १४६ जनाले सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुन स्थापना र देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । यस्तै प्रतिनिधि सभाको विघटन सम्बन्धि अन्य ३० रिट पनि परेका छन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया