एक वर्षमा सामाजिक सुरक्षा भत्ताबापत ६६ अर्ब खर्च , आगामी वर्षका लागि १ खर्ब विनियोजन

काठमाडौं । सरकारले गत आवमा सामाजिक सुरक्षा भत्ताबापत ६६ अर्ब बढी रकम वितरण गरेको छ । २९ लाख ५९ हजार लाभग्राहीलाई ६६ अर्ब २२ करोड १७ लाख ५२ हजार वितरण गरिएको हो ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्व ५० करोड विनियाेजन गरेकाे थियाे । सरकारले चालु आवका लागि १ अर्व थपेर ७६ अर्व ५० कराेड विनियाेजन गरेकाे थियाे । आगामी आवका लागि सामाजिक सुरक्षाका लागि १ खर्ब विनियोजन गरिएको छ ।
नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिंग र जातिलाई लक्षित गरी १० थरीका सामाजिक सुरक्षा भत्ता मासिक रुपमा प्रदान गरिँदै आएको छ । ज्येष्ठ नागरिक दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता ‘क’ र ‘ख’ वर्ग, लोपोन्मुख जाति र बाल पोषणको रुपमा भत्ता दिइन्छ ।
नेपालको संविधानको धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ ।
सक्रिय लाभग्राहीको संख्या कति ?
चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सक्रिय लाभग्राहीको संख्या ३३ लाख ४३ हजार ६ सय ८३ पुगेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार ३८ प्रतिशत ज्येष्ठ नागरिक, १८ प्रतिशत बालबालिका, १२ प्रतिशत दलित बालबालिका, १० प्रतिशत एकल महिला र ८ प्रतिशत ज्येष्ठ नागरिक एकल महिला गरी जम्मा ३३ लाख ४३ हजार ६८३ सक्रिय लाभग्राही रहेका छन् ।
कर्मचारी र सैनिकको संचित रकम स्वरुप पाउने आर्थिक सहयोगको थालनीको इतिहास लामो भएता पनि सामाजिक सुरक्षा भत्ताको थालनी आर्थिक वर्ष २०५१/५२ को बजेट वक्तव्यमार्फत भएको पाइन्छ ।
विभागका अनुसार चालु आर्थिक वर्षमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १२ लाख ८० हजार ४२० पुगेको छ । तोकिएका बालबालिकाको संख्या ६ लाख २७ हजार ७५६, दलित बालबालिकाको संख्या ४ लाख १३ हजार २०९ छन् ।
त्यस्तै एकल महिला ३ लाख ५९ हजार ३९०, ज्येष्ठ नागरिक एकल महिला २ लाख ६९ हजार ७८६ छन् । ज्येष्ठ नागरिक (दलित) १ लाख ९१ हजार ५४, अति अशक्त अपांगता भएका १ लाख ७ हजार ७६७, पूर्ण अपांगता भएका ५६ हजार २९०, लोपोन्मुख जाति २२ हजार ८५६, ज्येष्ठ नागरिक क्षेत्र तोकिएका २० हजार ५३८ र लोपोन्मुख बालबालिका ७५४ छन् ।
कुन प्रदेशमा कति ?
विभागका अनुसार सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रदेशमा प्रदेश २ का नागरिक छन् । चालु आर्थिक वर्षमा मात्रै प्रदेश २ मा ६ लाख ९२ हजार ४०४ जनाले सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश–१ मा ४ लाख ९९ हजार १६२, वागमती प्रदेशमा ४ लाख ६७ हजार ८८६, गण्डकी प्रदेशमा ३ लाख ४९ हजार ४७, लुम्बिनी प्रदेशमा ४ लाख ७८ हजार ६६८, कर्णाली प्रदेशमा ३ लाख २५ हजार ५२१ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ४२ हजार १३० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको विभागले जनाएको छ ।
१० वर्षमा लाभग्राही दोब्बर
पछिल्लो १० वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या दोब्बर भएको छ । आर्थिक वर्ष २०६७/६८ मा १५ लाख ६४ हजारको हाराहरीमा रहेको लाभग्राहीको तथ्यांक १० वर्षको अन्तरालमा दोब्बर भएको देखिन्छ । २०७६/०७७ सम्म आइपुग्दा यो संख्या ३० लाख ६३ हजार २२७ पुगेको छ ।
आर्थिक वर्ष २०६८/०६९मा सामाजिक सुरक्षा भत्ता लिने सक्रिय लाभग्राहीको संख्या २० लाख ४३ हजार ९८० थियो । आव २०६९/०७० मा २० लाख ४५ हजार ८०, आव २०७०/०७१ मा २१ लाख ७२ हजार ५९५, आव २०७१/०७२ मा २१ लाख ६० हजार ५७३, आव २०७२/०७३ मा २२ लाख ६५ हजार ५३५, आव २०७३/०७४ मा २२ लाख ५५ हजार ५४७ जनाले सामाजिक सुरक्षा भत्ता लिएको विभागले जनाएको छ ।
यस्तै आव २०७४/०७५मा २५ लाख ६० हजार १३९, आव २०७५/०७६मा २८ लाख २७ हजार ५१८ र आव २०७६/०७७ मा ३० लाख ३२ हजार २२७ ले भत्ता बुझेका छन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया