चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

बेइजिङ । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकारसम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ ।
यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाईको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ । सन् २०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजार भन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरुमा ८२ लाखभन्दा बढी शैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ ।
यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्षमात्र थियो । मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया