चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

बेइजिङ । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकारसम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ ।
यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाईको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ । सन् २०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजार भन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरुमा ८२ लाखभन्दा बढी शैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ ।
यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्षमात्र थियो । मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
प्रतिक्रिया