कर्णालीमा प्रदेशसभा बैठक सुरु नहुँदै एमालेको अवरोध
काठमाडौँ । कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटबारे छलफल गर्न बसेको बैठक एमालेले अवरुद्ध गरेको छ । गत असार १ गते प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेश सरकारको बजेट पेश गरेका थिए ।
बजेट पेश भएको १० दिनमा बजेटमाथि छलफल गर्नु पर्ने भए पनि सत्ता र प्रतिपक्षीबीच हुँदै आएको विवादका कारण हुन सकेको थिएन । बजेट सार्वजनिक गरी भोलिपल्ट बस्ने भनिए पनि स्थगित भएसँगै १० दिन बितेको हो ।
सरकारले रातो किताब ल्याएपछि पुनः आज बस्ने भनिएको बैठक सुरु हुनुअघि नै एमाले अवरुद्ध गरेको हो । सभामुख राजबहादुर शाहीले बैठक सुरु भएको जानकारी दिएसँगै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई हटाउन माग गरेका थिए ।
बजेटमाथिको छलफलमा सांसदहरूलाई बस्न सभामुख शाहीले आग्रह गरेका थिए । तर, एमालेका सांसदहरू बस्न नमानेपछि सभामुखले आगामी १३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया