प्रदेश १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाखाशाले जनाएको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।















प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तेस्रो बृहत् राष्ट्रिय बाल महोत्सव हुुँदै
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया